झापामा आफैंले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १४:५८

विराटनगर । झापामा आफैंले चलाएको मोटरसाइकलबाट लडेर १ जना युवकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका–८ बौद्ध गुम्बानजिक शुक्रबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा अर्जुनधारा–८ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रणामी मन्दिरदेखि शनिश्चरेतर्फ जाँदै गरेको गुरुङले चलाएको प्र १–०१–०१६ प ८८६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर लडेको थियो । प्रहरीका अनुसार स्वास्थ्यमा असहज भएपछि रोक्ने क्रममा मोटरसाइकल लडेपछि उनी बेहोस भएका थिए ।

गुरुङलाई उपचारका लागि शनिश्चरे अस्पताल पठाइएको थियो । त्यहाँबाट थप उपचारका लागि बी एन्ड सी अस्पतालमा पठाएको थियो । अस्पताल पुर्याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

मृतक गुरुङ उच्च रक्तचापको पुरानै बिरामी रहेको पाइएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.