
विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताएका छन् ।
निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बता बताए । ‘ अहिले म बुवाकाे काममा छु, मन मतदातासँगै छ,’ उनले भने,‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिनेछु ।’
नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए ।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइरालासहित अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् । ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।
























