निर्वाचन सुरक्षाका लागि केन्द्रबाट थप १३ हजार प्रहरी परिचालन गरिने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १४:१३
 नेपाल प्रहरीमा व्यापक हेरफेर: १२० जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप मद्दत परिचालन गर्ने भएको छ। फागुन २१ मा हुने निर्वाचनका लागि १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप १३ हजार प्रहरी खटाउन लागिएको हो।

पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई परिचालन गरिसकिएको र थप १०० जना डीएसपी र ४०० जना इन्स्पेक्टर पठाउने योजना रहेको प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतले बताए। पहिलो चरणमा खटिएका अधिकृतहरू सोमबार नै आफ्नो कार्यक्षेत्रमा पुगिसकेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए।

थप मद्दतका लागि खटिने प्रहरीहरू उपत्यका प्रहरी कार्यालय मातहतका गण, गुल्म र प्रधान कार्यालयबाट पठाइनेछ। प्रहरीले झापादेखि कैलालीसम्मका तराईका जिल्लाहरूलाई सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानेको छ।

मधेस प्रदेशका ८ जिल्लाका १२ सय ४६ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। यस्तै सुदूरपश्चिममा ४८१, लुम्बिनीमा ४६२, कोशीमा ४३९, कर्णालीमा ३५८, बागमतीका १० जिल्लामा ३५४ र गण्डकी प्रदेशमा ३२८ वटा मतदान स्थल अति संवेदनशील रहेका छन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षामा ७३ हजार नियमित प्रहरी र १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुनेछन्। सशस्त्र प्रहरी बलका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा र १५ हजार ११० जना निर्वाचन प्रहरी खटिनेछन्। सेनाका ७९ हजार फौज तेस्रो घेरामा रहनेछन् भने राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मीले सूचना सङ्कलनको जिम्मेवारी सम्हाल्नेछन्। समग्रमा निर्वाचन प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी मैदानमा उत्रने तयारी छ।

निर्वाचन सुरक्षालाई चुस्त बनाउन एउटा पालिकामा दुई जना, उपमहानगरपालिकामा तीन जना र महानगरपालिकामा चार जना इन्स्पेक्टर परिचालन गरिनेछ। सुरक्षा कमाण्डलाई बलियो बनाउन कालिकोट, बझाङ, बाजुरा र दार्चुलामा डीएसपीको साटो एसपीले नेतृत्व गर्नेछन्। अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको छ। केन्द्रबाट खटिने सबै टोली फागुन १० सम्ममा आफ्नो कार्यक्षेत्रमा पुगिसक्ने डीआईजी काफ्लेले बताए।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.