घोप्टो परेको अवस्थामा भीमबहादुर मृत फेला, मोटरसाइकल क्षतिग्रस्त अवस्थामा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १४:५९

विराटनगर । झापाको गौरादह नगरपालिका–४ मजुवास्थित भित्री सडक खण्डमा १ पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान करिब ७ बजे स्थानीय बासिन्दाले मकैबारीको पानीमा घोप्टो परिरहेको अवस्थामा ५० वर्षीय भीमबहादुर दर्जीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक भीमबहादुर सोही स्थानका स्थायी बासिन्दा हुन् ।

उनी सवार रहेको प्रदेश १–०१–०१६ प ८९२४ नम्बरको मोटरसाइकल घटनास्थल नजिकै क्षतिग्रस्त अवस्थामा फेला परेको छ । मोटरसाइकलको अवस्था र घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाका कारण पानीमा खसेर उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

भीमबहादुर आइतबार राति मजुवास्थित साथीको घरबाट दुर्गाचोकतर्फ मोटरसाइकलमा जाँदै गरेको प्रहरीले पत्ता लागेको छ । त्यस क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनास्थलको प्रकृति, मोटरसाइकलको अवस्था तथा वरपरको परिस्थितिका आधारमा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको हो । मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले मृतकको शवलाई परीक्षणका लागि दमक अस्पताल पठाएको छ ।

प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यथार्थ कारणबारे स्पष्ट हुने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.