कोशी प्रदेश : माघमा ५७९ वटा दुर्घटना, ५४ जनाको मृत्यु

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १५:२५

विराटनगर । कोशी प्रदेशमा माघ महिनामा ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन् । ८ सय ५० वटा सवारीसाधन दुर्घटनामा पर्दा ५४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ८ सय ७७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो ।

ट्राफिक प्रहरीको विश्लेषण अनुसार पछिल्लो १ महिनाको अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना चालकका कारण भएको पाइएको छ । चालकका कारण ४ सय ३७ (७५.५५ प्रतिशत) दुर्घटना भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार चालकले ट्राफिक नियमको उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र चालकको असक्षमतालगायतका कारण दुर्घटना अत्यधिक भइरहेको हो ।

चालकको लापरबाहीबाहेक यान्त्रिक गडबडी, ओभरलोड, ब्रेक फेल, टायर पन्चरलगायत सवारीसाधनका कारण ३५ वटा (६ प्रतिशत), यात्रुका कारण ६२ वटा (१०.७ प्रतिशत), सडकको अवस्थाका कारण ३९ वटा (६.७ प्रतिशत, मौसमका कारण ३ वटा (०.५ प्रतिशत) र चौपायाका कारण ३ वटा (०.५ प्रतिशत) दुर्घटना भएको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार चालकको लापरबाहीले हुने दुर्घटनाको अवस्था भयावह छ ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए । कोशीमा १४ वटा जिल्ला छन् । एसपी गिरीका अनुसार माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारीसाधनलाई कारबाही गरेर जरिबाना तिराउँदा ७९ लाख २७ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको जानकारी उनले दिए । ट्राफिक प्रहरीले पछिल्लो १ महिनाको अवधिमा कोशीमा समुदाय तथा शैक्षिक संस्था केन्द्रित १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।

ट्राफिक सचेतना तथा सडक प्रयोग सम्बन्धी अभिमुखीकरण नाम दिइएको उक्त कार्यक्रममार्फत २८ हजार ७ सय ९७ जनालाई ट्राफिक नियमको पालना, सडक प्रयोग गर्ने तरिकालगायतका बारेमा आवश्यक प्रशिक्षण दिइएको एसपी गिरीले बताए । उनले कोशीमा दुर्घटना न्यूनीकरणका लागि सामुदाय, शैक्षिक संस्था तथा सरोकारवालासँग समन्वय गर्दै सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाउनका साथै सडकमा ट्राफिक प्रहरीको सक्रियता पनि बढाइएको जनाए ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.