‘देश बचाउन सबैको भोट चल्छ’ : राजेन्द्र लिङ्देन

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १९:२१

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । अभियान सुरु गर्दै लिङ्देनले मुलुकको अस्तित्व नै संकटमा परेको भन्दै देश जोगाउन आफूलाई मतदान गर्न मतदाताहरूसँग अपिल गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विकास निर्माणका एजेन्डाभन्दा पनि राष्ट्रियताको मुद्दा अहिलेको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिए। ‘अहिले बाटो बन्यो कि बनेन, पुल बन्यो कि बनेन भन्ने प्रश्नभन्दा पनि देश रहन्छ कि रहँदैन भन्ने प्रश्न पेचिलो बनेको छ,’ उनले भने, ‘देश नै रहेन भने विकासको के अर्थ रहला? त्यसैले अहिलेको लडाइँ देश बचाउने लडाइँ हो ।’

लिङ्देनले राप्रपा सधैं देशभक्तिको पक्षमा उभिएको चर्चा गर्दै आफूलाई क्षेत्रबासीको ‘आँगनको छोरा’ का रूपमा प्रस्तुत गरे । पछिल्लो आठ वर्षमा यस क्षेत्रमा भएको विकासको साक्षी जनता नै रहेको उल्लेख गर्दै उनले भने, ‘देश जोगियो भने बाँकी विकास र समस्या त हामी सुल्झाउँदै जाउँला। तर देश बचाउने यो महाअभियानमा मलाई कांग्रेस, एमाले, माओवादी सबै दलमा आबद्ध मतदाताको भोट चल्छ। यो साझा मुद्दा हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.