सूचना सम्प्रेषणमा वस्तुनिष्ठ हुन डीआईजी काफ्लेको निर्देशन

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १३:३५

काठमाडौं। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले देशभरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सूचना सम्प्रेषण गर्दा सत्य, वस्तुनिष्ठ र पारदर्शी हुन निर्देशन दिएका छन्। मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन्।

डीआईजी काफ्लेले सञ्चारकर्मी र नागरिकलाई प्रवाह गरिने सूचनाले संगठनको जनविश्वास र साख बढाउनुपर्नेमा विशेष जोड दिए। उनले सूचनाको हक सम्बन्धी ऐन २०६४, प्रहरीको सञ्चार माध्यम सम्बन्धी नीति २०६० र सामाजिक सञ्जाल प्रयोगका प्रावधानहरूबारे प्रहरी अधिकृतहरूलाई जानकारी गराएका छन्। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्ने बताउँदै उनले संगठनको छविमा सकारात्मक प्रभाव पार्ने गरी जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा पत्रकार सम्मेलन गर्दा वा प्रेस विज्ञप्ति निकाल्दा अपनाउनुपर्ने सावधानी र संवैधानिक प्रावधानहरूबारे समेत छलफल भएको थियो। नागरिकमा सकारात्मक सोच र जनाधार वृद्धि गर्न सूचना सम्प्रेषणको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै प्रवक्ताहरूलाई गम्भीर हुन उनले निर्देशन दिए।

अन्तरक्रियामा काठमाडौं उपत्यकाका विभिन्न ब्यूरो, ट्राफिक प्रहरी कार्यालय, विमानस्थल सुरक्षा कार्यालयका साथै सातै प्रदेशका प्रहरी प्रवक्ता र सूचना अधिकारीहरूको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.