
काठमाडौं । सडकमा पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । मंगलबार पैदलयात्रीलाई कार चालकले मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा कार चालकले पैदल यात्री कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले कार चालक पारस बमलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पक्राउ भएको जानकारी दिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा कारबाट झरेका व्यक्तिले गाली गर्दै पैदल यात्रीलाई पिटेको देखिन्छ ।

























