
इटहरी । सुनसरीको इटहरीमा मंगलबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धरानतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ५९२ नम्बरको ट्रकले इटहरीको मुख्य चोकमा ठक्कर दिँदा साइकलयात्री पुरुषको घटनास्थलमै मृत्यु भएको हो । अन्दाजी ३० वर्षीय मृतकको पहिचान खुल्न बाँकी छ ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालक तेह्रथुम घर भएका दिलबहादुर मगरलाई नियन्त्रणमा घटनाको अनुसन्धान सुरु गरेको छ ।

























