खोकना विवाद थाती, द्रुतमार्गको नयाँ प्रस्थानविन्दु फर्सिडोलतर्फ सार्ने निर्णय

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १९:१८

काठमाडौं । काठमाडौं–तराई÷मधेश द्रुतमार्गको सुरुवाती बिन्दु खोकनामा देखिएको स्थानीय विवादलाई तत्कालका लागि थाती राख्दै सरकारले वैकल्पिक योजनाबाट अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय छलफलपछि आयोजना ढिलाइ नगर्ने स्पष्ट निर्देशन दिएकी हुन् । ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै स्थानीय समुदायले लामो समयदेखि आपत्ति जनाउँदै आएका छन् ।

सोही विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रिय गौरवको आयोजना विवादमै अल्झिन नहुने बताइन् । ‘विवादको समाधान खोज्ने हो, तर अनिश्चितकालसम्म पर्खेर बस्न मिल्दैन । आवश्यक परे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरेर भए पनि काम अघि बढाउनुपर्छ,’ उनले भनिन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा प्रधान सेनापति अशोकराज सिग्देलसहित सरोकारवाला निकायका उच्च अधिकारी सहभागी थिए । नेपाली सेनाले हालसम्मको निर्माण प्रगति, देखिएका समस्या र सरकारसँगका अपेक्षाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो ।

निर्देशनअनुसार अब खोकनाभन्दा करिब ३.३ किलोमिटर तल फर्सिडोल क्षेत्रमा नयाँ टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन प्रक्रिया अघि बढाइने भएको छ । यससँगै प्रस्थानविन्दु पनि फर्सिडोलतर्फ सारिने तयारी छ । सरकारले जहाँसम्म निर्माण सम्पन्न हुन्छ, त्यहीँबाट सञ्चालन प्रारम्भ गर्ने रणनीति अपनाउने भएको हो ।

सरकारले ठूलो लगानी भइसकेको आयोजनालाई थप लम्ब्याउँदा आर्थिक भार बढ्ने निष्कर्ष निकाल्दै छिटो निकास खोज्ने नीति लिएको हो । यससँगै द्रुतमार्गको कामले नयाँ गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.