धनगढीमा बालेन : भाेट हाेइन, काम माग्न आएकाे

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १६:१०

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले काम माग्नका लागि सुदूरपश्चिम पुगेकाे  बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरू भोट भन्दा पनि काम माग्न पुगेकाे बताएका हुन् ।

उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए ।

‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.