
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका राजकुमार यादवले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
सामुदायिक विद्यालयलाई सीपमुलक र प्राविधिमैत्री बनाउने, विपन्न र जेहेन्दार विद्यार्थीलाई अवसर दिने, वडा तहमा प्रभावकारी स्वास्थ्य सेवा दिने, बन्द उद्योग पुनःसंचालन गर्ने वातावरण बनाउनेलगायत विषयमा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
उनले स्टार्टअप र स्वारोजगार, कृषि योग्य जमिनलाई बाँझो राख्न नदिने, दुग्ध, तरकारी, फलफूल तथा पशुपालन अभियान सञ्चालन गर्नेलगायत विषयमा प्रतिवद्धता जनाएका छन् ।

























