
काठमाडौं । नेपाली कांग्रेसले आफ्नाे भिजन सार्वजनिक गरेको छ । जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगन थापाले कांग्रेसको भिजन– १० सार्वजनिक गरेका हुन् ।
कांग्रेसले सार्वजनिक गरेको भिजन– १० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।
यस्ता छन् भिजन : १०
१, सम्मानित भएर बाँच्ने नेपाल
२, सपना देख्न सक्ने नेपाल
३, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५, ओखती र ओत दिने नेपाल
६, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०, समुन्नतिमा लम्कने नेपाल
























