कांग्रेसको चुनावी प्रतिज्ञापत्रमाथि आज खुला प्रश्नोत्तर, सभापति थापाले जवाफ दिने

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १०:३८

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज नागरिकसँग खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ। जनकपुरमा बुधबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे थप प्रष्ट पार्न पार्टी सभापति गगनकुमार थापाले आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा प्रत्यक्ष जवाफ दिनेछन्।

महामन्त्री थापाले राजनीतिक दलहरू जवाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्न नहुने भन्दै देशविदेशबाट सोधिने प्रश्नको सामना गर्न आफू तयार रहेको बताएका छन्। प्रविधिको प्रयोग गरी संसारभरबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसको तत्कालै जवाफ दिइने व्यवस्था मिलाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा उपस्थित सहभागीले पनि सिधै प्रश्न राख्न पाउनेछन्।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बने आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका ‘भिजन टेन’ मार्फत सार्वजनिक गरेको छ। नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रत्यक्ष प्रश्न गर्ने र नेताले सार्वजनिक रूपमा जवाफ दिने यो पहिलो अभ्यास हो। यस कार्यक्रमको सयौँ सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था समेत गरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.