वार्षिक १० लाखसम्मको आम्दानीमा कर छुट दिने गगनकाे प्रतिज्ञा

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार १५:३१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत आयकर छुटकाे दर बढाउने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको ‘प्रतिज्ञापत्र’को सवाल-जवाफ कार्यक्रममा थापाले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरे ।

अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनको भनाइ छ ।

करका सबै प्रकारका दरलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको थापाको भनाइ छ ।

“नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने, भाषणले मात्र लगानी आउदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ,” थापाले भने, “हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.