बिर्ताबजार प्रहरी चौकीमा तोडफोड, कुटपिटमा संलग्न ३ जना पक्राउ

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १०:३९

झापा । झापाको बिर्तामोडस्थित बिर्ताबजार प्रहरी चौकीमा एक आक्रोशित समूहले तोडफोड गरेको छ। बिहीबार दिउँसो करिब १:३० बजे सामान्य विवादका क्रममा एक युवकमाथि कुटपिट भएपछि उत्पन्न तनावका कारण उक्त घटना घटेको हो।

बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा कार्यरत बाह्रदशी–४ का सुजन राईमाथि कुटपिट भएको थियो। कुटपिटमा सोही पार्टी प्यालेसका सञ्चालक २९ वर्षीय आकाश खड्कासहित कर्मचारीहरू ४० वर्षीय कोमल शिवाकोटी र २७ वर्षीय विपिन बुढाथोकी संलग्न थिए। घाइते राईको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर बिर्ताबजार चौकीमा राखेको थियो। सोही क्रममा सुजन राईको पक्षमा आएका ३५–४० जनाको उत्तेजित भीडले प्रहरी चौकीमा आक्रमण गरेको हो। भीडको आक्रमणबाट चौकीको अगाडिको झ्यालका सिसा फुटेका छन् भने कार्यालय परिसरभित्र रहेको कम्प्युटर टेबलमा समेत क्षति पुगेको छ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा स्थानान्तरण गरेको छ। प्रहरी चौकी तोडफोडमा संलग्न अन्य व्यक्तिहरू भने हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। पार्टी प्यालेसका सञ्चालक आकाश खड्काले सुधार केन्द्रसमेत सञ्चालन गर्दै आएको र उनले यसअघि पनि पटक–पटक यस्ता उच्छृङ्खल र विवादास्पद गतिविधिहरू गर्दै आएको खुलेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.