निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ११:५९

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् ।

पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले राज्यको स्रोतलाई सही ढंगले परिचालन गरी निर्वाचनको वातावरण सुनिश्चित गर्ने आश्वासन दिए। अर्थमन्त्रीले मुलुक अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्केर आर्थिक समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए।

सरकारका सामु राजनीतिक अन्योल चिरेर देशलाई आर्थिक एजेन्डामा लैजानु नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो। खनालले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरे। उनले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार गरिरहेको र यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिए। पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो। निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरे।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.