भोजपुरमा निर्वाचन प्रहरीलाई ‘नमुना मतदान’ अभ्यास

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १२:१५

भोजपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भोजपुरमा निर्वाचन प्रहरीहरूका लागि ‘नमुना मतदान’ अभ्यास गराइएको छ। निर्वाचन दिवसको अवसरमा बिहीबार स्थानीय टुँडिखेलमा आयोजित कार्यक्रममा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई मतदान केन्द्रको सुरक्षा र व्यवहारिक पक्षबारे अभ्यस्त बनाइएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार मतदान केन्द्रको सुरक्षा व्यवस्था, सम्भावित जोखिमको पहिचान र सुरक्षा निकायहरूबिचको समन्वयलाई प्रभावकारी बनाउन यो अभ्यास फलदायी हुनेछ। अभ्यासका क्रममा निर्वाचन प्रहरीलाई महिला, पुरुष, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूप्रति गर्नुपर्ने मर्यादित व्यवहारका बारेमा सिकाइएको थियो।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्याहरूलाई समाधान गर्न यस्तो व्यवहारिक ज्ञानले सुरक्षाकर्मीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहज हुने बताए। नमुना मतदानमा निर्वाचनका बेला हुन सक्ने नाराबाजी, हुलहुज्जत र जबरजस्ती मतदान केन्द्र प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाउनुपर्ने भूमिकाको समेत प्रदर्शन गरिएको थियो।

भोजपुरमा यस पटकको निर्वाचनका लागि सशस्त्र प्रहरीका ९६ जना र नेपाल प्रहरीका १ हजार १ जना निर्वाचन प्रहरी परिचालन गरिँदैछ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएका छन्। भोजपुरमा कुल १ लाख २५ हजार ७ सय ६६ मतदाता रहेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.