चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : शर्मा

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १४:५७

पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस देशकै पहिलो पार्टी बन्ने दाबी गरेका छन्। देशलाई निकास दिनका लागि कांग्रेसले जिम्मेवारपूर्ण नेतृत्व गर्ने उनको भनाइ छ।

राँकेबजारमा आयोजित इलाम र पाँचथरको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्। निर्वाचनमा पहिलो हुने दललाई नै सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको स्पष्ट प्रस्ताव रहने उनले उल्लेख गरे।

उनले निर्वाचनपछि दोस्रो र तेस्रो हुने दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने समेत बताए। नयाँ ऊर्जा र विशेष कार्यक्रम लिएर पार्टी चुनावमा होमिएको बताउँदै उनले यसपटक कांग्रेसले जनताको पूर्ण विश्वास जित्ने जिकिर गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.