निर्वाचन सफल बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण, आचारसंहिता पालनामा मन्त्री पराजुलीको जोड

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १६:०१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजान निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं प्रेस काउन्सिल नेपालको समन्वयमा विराटनगरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा शुक्रबार आयोजित ‘पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम’लाई सम्बोधन गर्दै मन्त्री पराजुलीले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका हुन् । मन्त्री पराजुलीले निर्वाचन नभए मुलुक फेरि अस्थिरता र राजनीतिक अन्योलताको चक्रव्यूहमा फस्ने निश्चित रहेको भन्दै यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

विशेषगरी जनतालाई सुसूचित गर्ने र सही सूचना सम्प्रेषण गर्ने सन्दर्भमा सञ्चार क्षेत्र र पत्रकारहरूको भूमिका निकै ठूलो हुने उनको भनाइ थियो । सम्बोधनका क्रममा मन्त्री पराजुलीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरू बढिरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले सामाजिक सञ्जालबाट अनेकौँ घटनालाई अतिरञ्जित बनाउने, सनसनी फैलाउने र भ्रम सिर्जना गरेर आचारसंहितालाई कमजोर बनाउने प्रयास भइरहेका छन् । यस्ता गतिविधिलाई निस्तेज पार्न पत्रकार साथीहरूले सक्रिय भूमिका खेल्नुपर्छ ।’ राज्यका निकायहरूले नियमनको काम गरिरहेको भए पनि पत्रकारहरूले निर्वाचन विरोधी गतिविधिलाई जनतासामु ल्याएर आलोचना र टिप्पणी गर्नुपर्ने उउनले बताए ।

निर्वाचनलाई मर्यादित बनाउन पत्रकारहरूले आफ्नो पेसागत धर्म र आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा उनको विशेष आग्रह थियो । कोशी प्रदेशका १४ वटै जिल्लालाई समेटेर आयोजना गरिएको यस कार्यक्रमले पत्रकारहरूलाई थप जिम्मेवार बनाउने विश्वास मन्त्री पराजुलीले व्यक्त गरे ।

उनले निर्वाचनलाई सफल बनाउन महासंघले आफ्ना सदस्यहरूलाई सही ढंगले परिचालन गर्ने र नीतिगत रूपमै आचारसंहिता पालनामा कडाइ गर्ने अपेक्षा राखे । पत्रकार महासंघ र सञ्चारकर्मीहरूको सक्रियताले मात्रै स्वच्छ र भयरहित निर्वाचन सम्भव हुने भन्दै उनले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.