कस्तो छ देशभरको मौसम ?

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार ०६:३६

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी भू–भागमा आज (शनिबार) हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली र देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

तराईका थोरै स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । राति पनि तराईका केही भू–भागमा तुवाँलो रहने महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । तराई क्षेत्रमा बिहानको समयमा दृश्यता कम हुन सक्ने भएकाले सवारीसाधन सञ्चालन गर्दा सतर्कता आवश्यक रहने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.