प्राकृतिक र सांस्कृतिक संगमस्थल मुन्दुम पदमार्गमा बढ्दै पर्यटकीय आकर्षण

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार ०९:२७

भोजपुर । पूर्वी नेपालको भोजपुर जिल्लामा अवस्थित मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका कारण पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। अग्ला पहाडी डाँडा, हिमशृङ्खला र तराईका फाँटहरू एकैसाथ देख्न सकिने यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ।

किराँत समुदायको संस्कार र संस्कृतिसँग जोडिएको यस पदमार्गमा यात्रा गर्दा विशाल घाँसे मैदान, चौँरी तथा भेडीगोठ र स्थानीय गोठालाहरूको जीवनशैलीलाई नजिकबाट नियाल्न सकिन्छ। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पदमार्गलाई थप सहज र सुरक्षित बनाउन पूर्वाधार निर्माण र व्यवस्थापनका कार्यहरू सक्रियताका साथ अघि बढाइएको बताए। उनले पदमार्गको विस्तार कार्यलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन भइरहेका छन्। पर्यटकहरूको सहजताका लागि पदमार्ग आसपासका क्षेत्रमा खानेपानीका धारा, विश्रामस्थल र सूचना केन्द्र जस्ता संरचनाहरू निर्माण गरिएका छन्। पर्यटन सूचना केन्द्रले पर्यटकलाई भौगोलिक अवस्था, भ्रमणयोग्य स्थान र आवासका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ।

मुन्दुम पदमार्गको अर्को विशेषता यहाँ पाइने अर्गानिक परिकार र सांस्कृतिक विविधता हो। किराँत राई, शेर्पा र तामाङ समुदायको मौलिक खानाको स्वादसँगै जडीबुटी र विविध वनस्पतिको अवलोकनले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र चाम्लाङसहित दुई दर्जनभन्दा बढी हिमालहरू स्पष्ट रूपमा देख्न सकिन्छ।

किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’ को नामबाट नामकरण गरिएको यो पदमार्ग पूर्वी नेपालको प्राकृतिक र साहसिक पर्यटनको संगमस्थल बनेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.