निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार १३:२६

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्व र हिमाली क्षेत्र, विशेषगरी रुकुम पूर्वमा हुन सक्ने सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौतीहरूले निर्वाचन प्रक्रियामा असर पुर्‍याउन सक्ने बताएकी छन्।

देशका विभिन्न जिल्लामा विद्यमान स्थानीय समस्याहरू औँल्याउँदै प्रधानमन्त्री कार्कीले तराई क्षेत्रमा राजनीतिक दलहरूबीचको तीव्र प्रतिस्पर्धाले झडपको रूप लिन सक्ने आशंका गरिन्। केही स्थानमा दलका झण्डा जलाउनेजस्ता उच्छृङ्खल गतिविधि भइरहेको रिपोर्ट प्राप्त भएको उल्लेख गर्दै उनले यस्ता घटनाले निर्वाचनको समयमा तनाव बढाउने भएकाले पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन्।

निर्वाचन बहिष्कार गर्ने समूहहरूका बारेमा टिप्पणी गर्दै उनले त्यस्ता समूहको प्रभाव कमजोर रहेको दाबी गरिन्। कतिपयले निर्वाचन बहिष्कारलाई केवल पार्टीको अस्तित्व देखाउने र चन्दा असुली गर्ने माध्यम बनाएको उनको तर्क छ। व्यापार वा उद्योगको आवरणमा पार्टी चलाउने प्रवृत्ति देखिए पनि त्यस्ता गतिविधिप्रति सुरक्षा निकाय सतर्क रहनुपर्ने उनले बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण र निष्पक्ष बनाउनका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमको सामना गर्न निर्देशन दिएकी छन्।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.