
विराटनगर । संखुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । संखुवासभा र आसपासका स्थानमा धक्का महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु भने रिदाक रहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रिदाक केन्द्रबिन्दु बनाएर आइतबार बिहान ७ः३१ बजे भूकम्प गएको हो । ४.१ म्याग्निच्युडको भूकम्प भएको केन्द्रले जनाएको छ ।
भूकम्पले पुगेको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । प्रहरी र स्थानीय प्रशासनले बुझ्ने काम गरिरहेका छन् । रिदाक संखुवासभाको विकट उत्तरी भोटखोला गाउँपालिकामा पर्छ ।
यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपासलाई केन्द्रबिन्दु बनाएको ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा साना भूकम्प निरन्तरजस्तै गइरहेका छन् ।

























