यात्रुवाहक बस दुर्घटना: २२ जना घाइते

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १०:२८

मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनास्थित सडकमा आज (आइतबार) बिहान एउटा यात्रुवाहक बस दुर्घटना भएको छ।

वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किँदा २२ जना यात्रु घाइते भएका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बस सडकको बायाँ साइडमा रहेको पोलमा ठोक्किएको थियो।

दुर्घटना लगत्तै प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। घाइते सबैलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.