निर्वाचनको विकल्प निर्वाचन मात्रै: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १२:०४

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले संविधानको संरक्षणका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन्। गोरखापत्र एकेडेमीद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्ने प्रयास गर्नेहरूलाई कडा चेतावनी समेत दिए।

कुनै कुण्ठित व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नरोकिने स्पष्ट पार्दै भण्डारीले निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गरे। धमिलो पानीमा माछा मार्ने प्रयास कसैबाट हुन नहुने भन्दै उनले राजनीतिक दलहरू गाउँ-गाउँ पुगिसकेको अवस्थामा चुनावबारे भ्रम नछर्न आग्रह गरे। यसपटकको निर्वाचनमा देखिएको उत्साह विगतको तुलनामा निकै बढी रहेको उनको अनुभव छ।

सञ्चारमाध्यमको भूमिकाबारे चर्चा गर्दै कार्यवाहक प्रमुख आयुक्तले केही प्रतिष्ठित मिडियाले मत सर्वेक्षण सार्वजनिक गरेर मतदातालाई भ्रमित पारेकोमा असन्तुष्टि जनाए। निर्वाचन आचारसंहिता पालना गराउन आयोगले सम्झाइबुझाइ गरिरहेको तर यसलाई कमजोरी नठान्न उनले चेतावनी दिए। पटक-पटकको अटेरी जारी रहेमा संविधान र कानुन बमोजिम कडा कारबाही गरिने उनले बताए।

उनले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै निष्पक्ष र मर्यादित सूचना प्रवाहमा जोड दिए।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.