सर्वोच्चद्वारा नेकपा अध्यक्ष ऋषिराम कट्टेललाई अदालत उपस्थित गराउन आदेश

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १४:३३

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ। कट्टेलका छोरा रुपेश कट्टेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो।

अदालतले कट्टेललाई किन र कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट पार्दै लिखित जवाफसहित बन्दीलाई अदालतमा पेश गर्न गृह मन्त्रालय लगायतका विपक्षीलाई निर्देशन दिएको छ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोप लगाउँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई गत फागुन ६ गते कीर्तिपुरबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले सोही सिलसिलामा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई समेत पक्राउ गरी हिरासतमा राखेको छ।

यसअघि दुर्गा प्रसाईंको हकमा परेको यस्तै प्रकृतिको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले गत शुक्रबार नै बन्दीसहित उपस्थित हुन आदेश दिइसकेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.