सद्भाव बिथोल्नेलाई कारबाही गर्ने निर्णय

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:२८

गौर । रौतहटको गौर नगरपालिका–६ सबगढा टोलमा उत्पन्न विवादपछि सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्नेहरूलाई कडा कानुनी कारबाही गर्ने निर्णय भएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

बिहीबार रातिदेखि सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले हाल उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार भएको ६ बुँदे सहमतिको उल्लंघन गर्दै शनिबार पुनः तनाव उत्पन्न भएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो।

सर्वदलीय बैठकले यस घटनामा संलग्न रही पक्राउ परेका व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न र दोषी देखिएका अन्यलाई पनि तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेको छ। प्रहरीले हालसम्म सो वडाका पूर्व र वर्तमान वडाध्यक्षसहित करिब दुई दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ।

जिल्लामा शान्ति र सद्भावको सन्देश फैलाउन भोलि सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा ‘सद्भाव र्‍याली’ आयोजना गर्ने निर्णय समेत भएको छ। साथै, सबगढाको समस्या समाधानका लागि दुवै पक्षका भद्रभलादमीहरूसँग जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफल गरी निकास निकाल्ने सहमति भएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.