४३ जिल्लामा पुग्यो निर्वाचन सामग्री, हिमाली जिल्लामा हवाई ढुवानी

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:५०

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ। निर्वाचन पूर्वको सुरक्षा तथा व्यवस्थापन जिम्मेवारी अन्तर्गत सेनाले अहिले विभिन्न जिल्लाहरूमा मतपत्र, मतपेटिका लगायतका सामग्री ढुवानी गरिरहेको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार हालसम्म ४३ जिल्लामा सामग्री पुगिसकेको र बाँकी जिल्लाहरूमा लैजाने क्रम जारी छ।  विकट भौगोलिक अवस्था भएका हिमाली जिल्लाहरूमा भने सेनाले हवाई साधनको प्रयोग गरेको छ।

हुम्ला, मुगु र डोल्पामा हवाई मार्गमार्फत निर्वाचन सामग्री ढुवानी गरिसकिएको छ। डोल्पामा आज आइतबार मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, स्वस्तिक छाप र मतदाता नामावली लगायतका सामग्री पुर्‍याइएको हो। सेनाले अब मनाङ र मुस्ताङमा पनि हवाई साधनबाटै सामग्री लैजाने तयारी गरेको छ।

सरकारले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना अन्तर्गत सेनालाई परिचालन गरिसकेको छ। मतपत्र छपाइदेखि ढुवानीसम्मको सुरक्षामा सेना खटिएको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.