डाक्टर शेखरको घरदैलोमा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार २०:३५

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी माहोल रोचक बन्दै गएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ–६ का उम्मेदवार डाक्टर शेखर कोइराला चुनावी घरदैलोसँगै अन्य दलका कार्यकर्ता कांग्रेसमा भित्र्याउन सक्रिय छन् । एमाले, नेकपा र राष्ट्रीय स्वतन्त्र पार्टीले पनि घरदैलोसँगै नयाँ कार्यकर्ता पार्टीमा प्रवेश गराउने अभियानमा छन् ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रमकाका कोइरालाले नेकपा (एमाले), राप्रपा र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दलका दर्जन बढी नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराए । कोइरालाले ऊर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा (एकीकृत समाजवादी) का नेता भीमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह र रिहान राजा, एमालेता माधव घिमिरे,राप्रपा नेता डिबी बिक र राजकुमार बिकलगायतलाई पार्टीमा प्रवेश गराए ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै डाक्टर कोइरालाले पार्टीले सबैलाई उचित जिम्मेवारी दिने र क्षेत्रको विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । चुनावी अभियानका क्रममा डाक्टर कोइरालाको पक्षमा जनलहर बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.