
रौतहट । रौतहटको सदरमुकाम गौरमा गत शुक्रवार दिउँसोदेखि लगाइएको कर्फ्यु हटाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सोमबार (आज) बिहान ६ बजेदेखि गौरमा लगाइएको कर्फ्यु हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले जानकारी दिए । उनका अनुसार कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्फ्यु हटाइएको हो ।
कर्फ्यु हटाइएको समयमा कुनै पनि धार्मिक, जातीय वा सामाजिक एकता भड्काउने कुनै पनि भेला, जुलुस तथा प्रदर्शन नगर्न सिडिओ भुसालले आग्रह गरेका छन् । उनले दिउँसोको अवस्था हेरेर थप निर्णय लिने बताए ।























