मोरङको कृषि फार्ममा आगलागी, ११ लाख बराबरको क्षति

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १०:१५
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको एउटा कृषि फार्ममा सोमबार बिहान आगलागी भएको छ । आगलागीमा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा दर्ता रहेर जीवन अधिकारीले सञ्चालन गर्दै आएको फार्ममा बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो । टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँ तले फार्ममा लागेको आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको थियो ।

दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् । आगोले फार्मसहित त्यहाँभित्र रहेको धान, कोदो, मकै, गहुँ, काठपात, युरिया र डीएपी मल ध्वस्त भएको छ ।

प्रहरीका अनुसार घटनामा ११ लाख बराबरको क्षति भएको छ । आगलागीको कारण प्रष्ट हुन सकिरहेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.