पप्पु कन्सट्रक्सनको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १३:०३

काठमाडौं। सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनका सञ्चालक हरिनारायण रौनियारसहित मुछिएको भ्रष्टाचार मुद्दामा नष्ट भएका मिसिलहरू पुनः झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेश आएको हो।

भदौ २४ गते भएको आगलागीका कारण अदालतका कतिपय मिसिलहरू नष्ट भएका थिए। ती नष्ट भएका कागजात र मिसिलहरू पुनः प्राप्ति गरेपछि मात्र अदालतले सुनुवाइका लागि अर्को पेसी तोक्ने भएको छ। गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेपछि हरिनारायण रौनियारसहित ८ जनाले सर्वोच्चमा पुनरावेदन गरेका थिए।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो। अहिले सर्वोच्चले दुवै पक्षको निवेदनलाई एकैसाथ राखेर सुनुवाइ प्रक्रिया अगाडि बढाइरहेको छ।

यसअघि विशेष अदालतले पप्पु कन्सट्रक्सनले गुणस्तरहीन पुल बनाएको ठहर गर्दै हरिनारायण र उनका छोरा सुमित रौनियारलाई दोषी देखाएको थियो। अदालतले उनीहरू दुवैलाई जनही साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.