निर्वाचन सुरक्षाका लागि एसएसपी ज्ञवालीको नेतृत्वमा ‘विश्लेषण महाशाखा’ गठन

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १४:०९

काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा रणनीति तयार गरेको छ। निर्वाचन बिथोल्ने प्रयास गर्ने समूहहरूको निगरानी र उनीहरूका गतिविधि निस्तेज पार्न प्रहरीले कार्य विभाग मातहत एउटा छुट्टै ‘विश्लेषण महाशाखा’ गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीको कमाण्डमा गठन गरिएको यस महाशाखाले निर्वाचन विरोधी गतिविधिमा संलग्न समूहहरूको विश्लेषण गरी सुरक्षा रणनीति बनाउने जिम्मेवारी पाएको छ। प्रहरीको विश्लेषणअनुसार हाल ६ वटा समूह निर्वाचन बिथोल्न सक्रिय देखिएका छन्। जसमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सहित धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानवादी समूहहरू रहेका छन्।

प्रहरीले अहिलेसम्म चुनाव विरोधी गतिविधि गरेको आरोपमा विभिन्न समूहका ८ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्र बहादुर विक लगायत रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले निर्वाचन सुरक्षामा खलल पुर्‍याउनेहरूमाथि कडा निगरानी राखिएको बताए।

यसपटक प्रहरीले रोहिङ्ग्या शरणार्थीहरूको गतिविधिमाथि पनि विशेष निगरानी बढाएको छ। नेपालमा रहेका ४ सय १९ जना रोहिङ्ग्याहरूलाई चुनाव विरोधीहरूले प्रयोग गर्न सक्ने आशङ्कामा कपन, कालिमाटी र बालाजु क्षेत्रमा रहेका उनीहरूका क्याम्पमा निगरानी बढाइएको हो।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा १५१ सदस्यीय ‘केन्द्रीय निर्वाचन सेल’ समेत गठन गरिएको छ। सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत चारवटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी पुरा गरेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.