नेशनल युथ फोर्स गठनपछि ओलीः सिंहदरबार जलाउने छुट कसैलाई दिइँदैन

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १५:१५

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरिसकेकाले अब देशका कुनै पनि सर्वोच्च संरचनामा क्षति पुग्न नदिने दाबी गरेका छन्। सोमबार झापा क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब कहीँ कतै आगजनी र तोडफोड हुन नपाउने बताएका हुन्।

जेनजी आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण संरचनाहरू जलेको स्मरण गर्दै ओलीले त्यतिबेला युथ फोर्स गठन नभएका कारण त्यस्तो अवस्था आएको बताए। ‘देश जल्यो, जल्दो रहेछ। एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।’

अध्यक्ष ओलीले शान्ति सुरक्षाको रखबारी गर्नका लागि यो फोर्स बनाइएको र यो देखाउनका लागि मात्र नभएको प्रष्ट पारे। उनले युथ फोर्स एमालेको अनुशासित जनवर्गीय संगठन भएको र यसले ‘देश पहिलो’ भन्ने मन्त्रलाई आत्मसात् गर्दै काम गर्ने बताए। यो शक्ति केवल चुनावका लागि मात्र नभई सधैंका लागि गठन गरिएको उनको दाबी छ।

राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्न नहुने तर्क गर्दै ओलीले जनताको सुरक्षा र शान्तिका लागि युथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.