
सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापाले सोमबार आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। उनले मधेसका समस्या र मुद्दाहरूलाई राष्ट्रियस्तरमा प्राथमिकता दिलाउन आफू काठमाडौँबाट यहाँ आएको बताए।
सर्लाही ४ को उर्वर भूमिमा उभिँदा आफूले ठुलो गौरव र जिम्मेवारी महसुस गरेको थापाले उल्लेख गरे। उनले मधेससँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न, यहाँका पीडा सुन्न र बुझ्न आफू प्रतिबद्ध रहेको बताए। मधेसलाई बाहिरबाट मात्र नहेरी यसको गहिराइमा पुगेर दशकौँदेखिका समस्याहरूको स्थायी समाधान खोज्ने प्रण समेत उनले गरे।
यस्तो छ थापाको प्रतिज्ञा
आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू
प्रणाम !
म गगन थापा, तपाईंको घर–आँगनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट सांसदको उम्मेदवारको रुपमा उपस्थित छु । यस क्षणमा मैले ती तमाम ज्ञात–अज्ञात महान् शहीदहरूलाई सम्झिरहेको छु, जसले २००७ सालको क्रान्तिदेखि मधेश आन्दोलन हुँदै २०८२ साल सम्मका हरेक आन्दोलनमा नागरिक स्वतन्त्रता, लोकतन्त्र, पहिचान र अधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभयो । उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपालको लोकतान्त्रिक चेतनाको पहिलो झिल्को, परिवर्तनका हरेक आन्दोलनको वास्तविक आधारभूमि र संघीयताको जग यही मधेशको पवित्र माटोमा कोरिएको हो भन्न पाउँदा मलाई गर्व लाग्छ ।
मधेशको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस गरिरहेको छु । म तपाईंहरूसँग एकाकार भई एउटा गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न, मधेशलाई सुन्न, बुझ्न र आत्मसात गर्न, मधेशका मुद्दा र समस्यालाई राष्ट्रिय मुद्दा र प्राथमिकता बनाउन आएको हुँ ।
तपाईंको प्रतिनिधि बन्ने संकल्प लिएर सर्लाही आउनु केही अघि म ‘हुलाकी राजमार्ग संवादका क्रममा यहाँका गाउँबस्तीहरूमा पुगेको थिएँ । यो माटोमा पाइला टेक्दा मैले यसभित्र लुकेका अनेकन् कथा र व्यथाहरू भेटेँ, सम्भावनाका किरणहरू देखेँ । देशकै सबैभन्दा पुरानो सडक तर राज्यको चरम बेवास्तामा परेको, जोखिमयुक्त र अलपत्र पुलहरू, अनि त्यो सडक आसपास सम्भावनाको खोजीमा वर्षौंदेखि कष्टपूर्ण जीवन बिताइरहेका नागरिकहरूसँग संवाद गरें ।
मैले माझी, निसाद, मुसहर, मुस्लिम, सहानी, कुशवाहा, यादव तथा अन्य तमाम मेहनती समुदायका दाजुभाइ, दिदीबहिनीहरूले दिनहुँ भोग्ने कठोर संघर्षलाई नजिकबाट देखेँ । त्यसैले म मधेशलाई केवल बाहिरबाट हेर्न होइन, यसलाई गहिराइबाट बुझ्न र यहाँका दशकौंदेखिका समस्याहरूको स्थायी समाधान खोज्ने प्रण गरेर आएको हुँ ।
राष्ट्रिय राजनीतिका विविध विषय र मधेशका समग्र मुद्दाका बारेमा हामीले पार्टीको तर्फबाट छुट्टै प्रतिज्ञापत्रमा उल्लेख गरेका छौं । यस सर्लाही क्षेत्र नं. ४ का विषयमा पनि मैले क्षेत्रगत विज्ञ टोली बनाएर तपाईको नगर, गाउँ, ५१ वटै वडा बस्ती र देहातमा पुगेर प्रत्यक्ष संवाद, अन्तक्र्रिया र परामर्श गरी यहाँका समस्या र सम्भावनाहरूलाई नजिकबाट अध्ययन गरिरहेको छु । तपाईंका प्रत्येक समस्या टिपेको छु र तिनको समाधान खोजेरै छाड्नेछु ।
पूर्वाधारका प्राथमिकता
तपाईंको घर आँगनमा आउने क्रममा धेरैले पूर्वाधारको विषय उठाउनु भएको छ । कतै वर्षौंदेखि अलपत्र पुल छ, कतै डुवान समस्या छ त कतै बाँधको मर्मत अपरिहार्य छ । कतै नहर र सडक, कहीँ ढल निकास र खानेपानीको समस्या छ । कतै सिँचाइको असुविधा छ र त्यसका लागि बिजुली पनि चाहिएको छ भने कुनै ठाउँमा कृषि भण्डारण, कृषि औजार र पूर्वाधारको आवश्यक छ । बाटोदेखि बाँधसम्म थुप्रै पू्र्वाधार निर्माण र मर्मत गर्नुपर्ने छ । यी कामहरू कुनै संघ सरकारसँग सम्बन्धित छन्, कुनै प्रदेशसँग । यी जुन जुन तहका सरकारसँग सम्बन्धित छन्, ती सरकारहरूसँग समन्वय गरेर म पूर्वाधारको समस्याको हल गर्नेछु । यो मेरो प्रतिज्ञा हो ।
यसका साथै विभिन्न समुदायमा पुग्दा स्वास्थ्य, शिक्षा, पोषणका साथै महिला, बालबालिकाका समस्या र विपन्न समुदायको उत्थानका लागि सुझाव दिनुभएको छ । कृषि उपजको मूल्य र मलको समस्या सधैं किसानका लागि सकस बनेको छ । यी लगायत सबै स्थानीय तहका ५१ वटै वडामा तपाईंहरूले भोगेका हरेक समस्याबारे सूची बनाएको छु । ती प्रत्येक विषयमा परिणाम देखिने गरी काम गर्न दृढ संकल्पित छु ।
यसका अतिरिक्त मैले यस क्षेत्रमा केही विशेष अभियान सञ्चालन गर्छु । जसको संक्षेपमा यहाँ चर्चा गरेको छु ।
मेरो अभियान
१. गुणस्तरीय शिक्षा– कापी कलम अभियान ः यस क्षेत्रमा बालबालिकाको पढाइको गुणस्तर बढाउदै यहाँको शिक्षामा सुधार गरेर हाम्रा बालबच्चालाई योग्य बनाउनको लागि :
कृषि उत्थान, किसान गौरव अभियान : जीवनको मूख्य आधार कृषि रहेको यस क्षेत्रका किसानलाई बीउ, मल र मूल्य समयमा सुनिश्चित गर्न र ऋणको बोझमा थिचिनुपर्ने व्यथाको अन्त्यका लागि:
प्राकृतिक स्रोत र विपद् व्यवस्थापन–संरक्षण अभियान ः यस क्षेत्रको तल्लो तटीय क्षेत्र बाढी र डुबानको जोखिम कम गर्न, बागमती र मनुस्मरा नदीको कटानलाई रोकी नागरिकको जीवन सुरक्षित गर्नको लागि:
‘मिसन रोजगारी अभियान : रोजगारी, अवसर र सीपको अभावले विदेश जानपर्ने बाध्यतालाई कम गर्न, सीप र बजारबीचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउनका लागि:
“दशगजा उज्यालो अभियान” करिब ३० किलोमिटर भूभाग भारतीय सीमासँग जोडिएको यस क्षेत्रमा सीमा क्षेत्रका नागरिकको सुरक्षा र सम्मानका लागि;
महिला तथा बालबालिका, मेरो आवाज, मेरो अधिकार अभियान : यस क्षेत्रमा महिला सशक्तिरणको लागि :
स्थानीय तहको समन्वयमा महिलाको परम्परागत सिप मेला सचालन गरी महिला समुहको जमानीमा महिलालाई २ प्रतिशत ब्याजमा ‘महिला उद्यम कर्जा’को व्यवस्था गरी लखपति आमा उद्यमी अभियान सञ्चालन गर्नेछौं ।
दलित अधिकार, समता र न्याय अभियान : मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायहरूमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि :
यसको संरक्षणको लागि:
जनता दलान– सांसदको कार्यालय
तपाईंहरूका समस्या सुन्न र समाधान गर्न म यस क्षेत्रमा व्यवस्थित सांसदको कार्यालय ‘जनता दलान’ स्थापना गर्नेछु । यो कार्यालय तपाईंका गुनासा, समस्या र सुझावहरू संकलन गरी तिनको ठोस समाधान र निकास निकाल्न केन्द्रित रहनेछ । यहाँ म र मेरो सहयोगी टीम तपाईंका समस्याहरू सम्बोधन गर्न हरदम उपलब्ध रहनेछौं । म तपाईँहरूको सेवक बनेर निरन्तर साथमा रहनेछु ।
म र तपाईंकोबिचमा कोही पनि तेस्रो व्यक्ति वा निकाय हुने छैन । आफ्ना कुरा राख्न तपाईंले कुनै पात्र वा माध्यम कुरिरहनु पर्दैन; म तपाईंहरूसँग प्रत्यक्ष संवादका लागि सधैँ उपलब्ध रहनेछु ।
काठमाडौंमा स्याटेलाइट कार्यालय काठमाडौंमा र
हँदा तपाईंहरूले भोग्नुपर्ने सास्ती र अन्योल अन्त्य गर्न म ‘स्याटेलाइट जनता दलान सञ्चालन गर्छु । मेरो सहयोगी टिमबाट तपाईंहरुलाई काठमाडौंमा रहँदा भोग्नु पर्ने समस्यामा प्रत्यक्ष सहयोग र सहजीकरण हुनेछ । म तपाईंकै बीचमा, यही माटोको तपाईंकै आत्मीय मान्छे भएर उभिई रहन्छु । तपाईको जनप्रतिनिधि भएर नेपालको समुन्नतिको यात्रालाई अगाडि लैजान चाहान्छु । मलाई तपाईंको विश्वास, न्यानो स्नेह र आशीर्वादको खाँचो छ । तपाईको अमूल्य मतले मेरो सेवा गर्ने संकल्पलाई नयाँ उँचाइ दिनेछ ।
























