पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्व अर्थसचिव मरासिनीसहित ५ जना साधारण तारेखमा रिहा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १९:२२

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी चर्चित मुद्दामा विशेष अदालतले पूर्व अर्थसचिव मधु कुमार मरासिनीसहित पाँच जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आरोपितहरूलाई थुनामा राख्नुनपर्ने ठहर गर्दै बाहिरै बसेर मुद्दा लड्न पाउने गरी यो निर्णय गरेको हो।

साधारण तारेखमा छुट्नेहरूमा तत्कालीन सहसचिव एवं हालका सचिव मधु कुमार मरासिनी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी, पूर्व अर्थसचिव सुमन प्रसाद शर्मा, तत्कालीन उपसचिव प्रेम उपाध्याय र पूर्व सहसचिव मोहनकृष्ण सापकोटा रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ कम्पनी ‘चाइना सिएमसी इन्जिनियरिङ’ सँगको मिलेमतोमा लागत अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको दाबीसहित उनीहरू विरुद्ध मुद्दा दायर गरेको थियो।

विमानस्थलको लागत १७ करोड ९६ लाख डलरबाट बढाएर २४ करोड ४० लाख डलर पुर्‍याई राज्यलाई करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ नोक्सान पुर्‍याएको अख्तियारको अभियोग छ। यस मुद्दामा अन्य केही आरोपितहरूलाई भने अदालतले यसअघि नै धरौटीमा छाड्ने आदेश दिइसकेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.