टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार ०६:१०

धनुषा । धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिला प्रहरीको मृत्यु भएको छ । सोमबारको दुर्घटनामा ट्राफिक प्रहरी हवलदार चन्द्रकला महतोको मृत्यु भएको हो ।

जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल महतोले चलाएकी थिइन् । उनी जिल्ला ट्राफिक प्रहरी कार्यलय धनुषामा कार्यरत थिइन् ।

मोटरसाइकल चलाउँदै मुरलीचोकतर्फ जाँदै गरेको अवस्थामा भ्रमरपुरा चोकबाट मुरलीचोकतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको थियो । महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । ठक्कर दिने टिपर, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.