दु:ख समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १५:४३

विराटनगर । देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशलाई समृद्ध बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘ चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले भने,‘ बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो, हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’

पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.