इटहरीमा बालेनको सम्बोधन : धरानको खानेपानी समस्या रास्वपाले समाधान गर्छ

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १६:४२

विराटनगर । धरानमा खानेपानीको समस्या रास्वपाले गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बताएका छन् ।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा खानेपानीको मुद्दा लिएर धरानको मेयरमा हर्क साम्पाङ निर्वाचित भएका थिए । उनले श्रमदान अभियान चलाएर खानेपानी ल्याएका छन् । तर, त्यो पर्याप्त छैन । बालेन शाहले धरानमा कोशीबाट पानी ल्याउन पहिल्यै डिपिआर भए पनि अघि बढ्न नसकेको बताउँदै रास्वपाले त्यो समस्या समाधान गर्ने बताएका हुन् ।

‘खानेपानीको व्यवस्थापन कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा ल्याउन लगभग ५–६ अर्ब लाग्छ। तर शायद यहाँको जनप्रतिनिधि सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला, अब रास्वपा पुग्छ,’ उनले भने,‘ धरानको खानेपानी समस्या समाधान गर्ने पार्टी बन्न चाहान्छ रास्वपा ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.