प्रत्यक्षतर्फ ६० सिट जित्ने प्रचण्डको दाबी

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १६:४८

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन्। बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित वाम बुद्धिजीवीहरूको बैठकमा उनले यस्तो आकलन सुनाएका हुन्।

पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट भएकाले कार्यकर्तामा आत्मविश्वास बढेको प्रचण्डले बताए। ‘हामीले राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा सिधा अडान लिएका छौँ, यसमा कुनै दुविधा छैन,’ उनले भने, ‘निष्पक्ष निर्वाचन भएमा हाम्रो पक्षमा सोचेभन्दा राम्रो नतिजा आउनेछ। हाम्रा कट्टर विरोधीहरूले समेत यसपटक नेकपाले अप्रत्याशित सफलता पाउने अनुमान गर्न थालेका छन्।’

बैठकमा सहभागी नेता प्रमेश हमालका अनुसार स्थानीय कमिटीहरूले पठाएको रिपोर्टका आधारमा ६० सिटको लक्ष्य राखिएको हो। उनले समानुपातिकतर्फ पनि २० देखि २५ लाख मत प्राप्त हुने जिकिर गरे। १२ वर्षपछि एक्लै चुनावी मैदानमा उत्रिएको नेकपाले यसपटक देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

पार्टीले विशेषगरी बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आफ्नो पकड क्षेत्रका रूपमा प्राथमिकतामा राखेको छ। ६० सिटको यो दाबी कत्तिको यथार्थपरक छ भन्नेबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.