मतदाता नामावलीमा नाम भएकाले सरकारी कागजातका आधारमा मतदान गर्न पाइने 

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १५:१६

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका जो कोहीले पनि आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन् ।

मतदाता परिचयपत्र साथमा नभएका कारण कोही पनि नागरिक मतदानबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने उल्लेख छ।

तर मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमति पत्र मध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।

सोही निर्देशिका अनुसार अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.