चुनावी चटारोः एकै दिन ३ जिल्लामा कांग्रेसको सभा

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार ११:४३

काठमाडौं। आगामी निर्वाचनको तयारी स्वरूप नेपाली कांग्रेसले आज शुक्रबार देशका तीन प्रमुख स्थानहरूमा चुनावी सभा आयोजना गर्दैछ। कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा ठुला आमसभा गर्न लागेको हो।

यी सबै सभाहरूलाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार पहिलो सभा बिहान ११ बजे रूपन्देहीको बुटवलमा सुरु हुनेछ।

त्यसलगत्तै दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ। यी सभाहरूमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने विशेष कार्यक्रम समेत राखिएको छ।

निर्वाचनको माहोल तताउन कांग्रेसले पछिल्लो समय देशव्यापी दौडाहालाई तीव्रता दिएको छ। यसअघि बिहीबार मात्रै सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित सभाहरूलाई सम्बोधन गरेका थिए। सुर्खेतको सभामा अर्की उपसभापति पुष्पा भुसालको पनि उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.