
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) र राष्ट्रिय ऊर्जाशील पार्टी (राउपा) बीच चुनावी तालमेल हुने भएको छ। दुवै पार्टीका स्थानीय उम्मेदवार र केन्द्रीय नेतृत्व बीचको सहमतिपछि तालमेलको निर्णय गरिएको हो।
सहमति अनुसार मोरङ–३ मा राष्ट्रिय ऊर्जाशील पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार भुवनकुमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार निशा राजवंशीले एकअर्कालाई सहयोग गर्नेछन्। यसै निर्णयलाई कार्यान्वयन गर्न फागुन १२ गतेदेखि नै दुवै दलले संयुक्त रूपमा घरदैलो अभियान सुरु गरिसकेको गतिशील लोकतान्त्रिक पार्टीका प्रवक्ता पीयूष कायस्थले जानकारी दिएका छन्।
निर्वाचनमा राष्ट्रिय ऊर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार वाग्लेको चुनाव चिन्ह ‘चापाकल’ रहेको छ भने गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार राजवंशीको चुनाव चिन्ह ‘ब्याट्री’ रहेको छ। दुवै दलका कार्यकर्ताहरू अहिले संयुक्त रूपमा मतदाताका घरदैलोमा पुगेर मत मागिरहेका छन्।
























