चुनावमा हाम्रो कसैसँग गठबन्धन छैनः एमाले

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १६:१३

काठमाडौं। नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

पार्टीका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज शनिबार पत्रकारहरूसँग कुरा गर्दै कसैसँग गठबन्धन नगरेको प्रष्ट पारेका हुन्। देश बनाउने संकल्पका साथ पार्टी एकल रुपमा चुनावी अभियानमा होमिएको उनको भनाइ छ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.