गोरखामा बाबुरामकाे पार्टीले कांग्रेसलाई सहयोग गर्ने

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १६:४३

काठमाडौं । गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा गाेरखाकाे  दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।

समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

प्रलोपाको बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाईसहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ । २०७४ को चुनावमा कांग्रेससँग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।

यसपटक उम्मेदवारी दर्ता गरेका उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.