
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो ।
पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।
उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।
























