‘अहिले देशलाई नयाँ होइन, परिपक्व विवेक चाहिएको छ’

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १७:२४

ओखलढुंगा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदाताहरूलाई २०६४ सालको जस्तो गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् । सोमबार ओखलढुङ्गा र उदयपुरमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्दै शर्माले देशलाई अहिले नयाँ भनिएका ‘सिकारु’ भन्दा पनि २०७० सालको जस्तो परिपक्व विवेक र नेतृत्व चाहिएको बताए ।

अनुभवी प्रधानमन्त्रीले सरकार चलाइरहेको बेला लोकतन्त्रको गाडी दुर्घटनामा पर्छ कि भन्ने डरले स्टेरिङ सिकारुका हातमा सुम्पिन नहुने उनको तर्क छ । उपसभापति शर्माले भने, ‘नयाँ हेर्ने रहरमा देशले पुरानो गल्ती दोहोर्‍याउनु हुँदैन । आँधी आएको बेला सिकारुले नाउ चलाए फेवातालमै पनि डुब्न सक्छ, त्यसैले हामीलाई अहिले परिपक्वता चाहिएको छ ।’

उनले अहिलेको समयमा देशलाई अनुभव, ऊर्जा, नयाँ भिजन र टिम स्पिरिट भएको संयमित नेतृत्व आवश्यक रहेको र त्यस्तो खुबी कांग्रेस सभापति गगन थापासँग मात्र रहेको दाबी गरे । कांग्रेसले मतदाताको विश्वास र हरेक मतको कदर गर्ने भन्दै उनले लोकतन्त्र जोगाउन कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.