दुर्गम क्षेत्रकाे मतपेटिका बाेक्न प्रयाेग हुनेछ हेलिकप्टर

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १७:१५

काठमाडौं । निर्वाचन आयोगले विकट तथा दुर्गम क्षेत्रबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने भएकाे छ । भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ । डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् ।

मतदान सम्पन्न भइसकेपछि १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिनेछ ।

‘हामीले हुम्ला र डोल्पा जिल्लाको जम्मा २३ वटा डोल्पाको र ४ वटा हुम्लाको गरेर २७ वटा स्थानमा हेलिबाटै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरू पठायौं,’ उनले भने,’त्यसमा अब १५ अरु थप १५ जिल्लाहरूको ६१ स्थानबाट यो मतदान केन्द्र धेरै हुन्छन् तर ६१ स्थानबाट ताप्लेजुङ्गदेखि दार्चुलासम्मका ६१ स्थानबाट यो मतदान पछाडिको ब्यालेट बक्सहरू हेलिबाट संकलन हुन्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.