आयोगका सूचना अधिकारी भन्छन्,‘खारेज भएका उम्मेदवारको चिन्हमा मत नहाल्नु’

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १९:०६

विराटनगर । निर्वाचन आयोगले उम्मेदवारी खारेज भएका मतदाताको चिन्हमा मतदान नगर्न आग्रह गरेको छ । फागुन २१ गते बिहान ७ बजेबाट मतदान हुँदैछ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोगका सूचना अधिकारी सुमन घिमिरेले उम्मेदवारी खारेज भएको चिन्हमा मतदान नगर्न आग्रह गरेका हुन् ।

मतपत्र छपाइ भइसकेपछि कतिपयको उम्मेदवारी रद्द भएको बताउँदै उनले त्यस्ता चिन्हमा परेको मत गणना नहुने भएकाले मतदाता सचेत हुनुपर्ने बताए । मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कडा निगरानी भइरहेको उनले बताए । उनका अनुसार पैसा वा मदिरा बाँड्ने र विस्फोटक पदार्थ बोक्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्छ ।

आयोगले यसपटक अशक्त, वृद्धवृद्धा र गर्भवती मतदाताका लागि विशेष सुविधाको व्यवस्था गरेको छ ।

उनीहरूलाई मतदान केन्द्रसम्म पुग्न सवारी पासको आवश्यकता पर्ने छैन भने लाइन नबसी सिधै मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। यस्तै, मतदाता परिचयपत्र नभएकाहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा अन्य आधिकारिक सरकारी कागजात देखाएर पनि मतदान गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.